समाज


मधेस प्रदेशका करिब २ हजार स्वास्थ्यकर्मी आन्दोलनमा

मधेस प्रदेशका करिब २ हजार स्वास्थ्यकर्मी आन्दोलनमा

नेपालखबर
चैत २९, २०८१ शुक्रबार १२:३३, काठमाडौँ

मधेस प्रदेशका १ हजार ८ सय बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन्। उनीहरूले चैत २५ गतेदेखि धर्ना सुरु गरेका थिए । 

धर्नामा सहभागी संयोजक मोहन साहले मधेस प्रदेश सरकारले ल्याएको ‘मधेस प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरू धर्नामा बसेको बताएका छन्। 

उक्त ऐनका कारण आफूहरु बढुवाबाट वञ्चित भएको उनले बताए। उक्त वाक्यांशअनुसार 'कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भइसकेका स्वास्थ्यकर्मीहरूको बढुवा यही ऐन बमोजिम मात्र हुनेछ' यही बुँदालाई आधार मानेर मधेस लोकसेवा आयोगले प्रक्रिया रोकेपछि चौथो तहबाट सेवा सुरु गरेका कर्मचारीहरू अन्योलमा परेका छन्। 

आन्दोलनमा सहभागी करिब आधा स्वास्थ्यकर्मी महिला छन्। उनीहरू पनि सक्रिय रूपमा धर्नामा सहभागी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad