पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमतीमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ।
गएराति बागमती नगरपालिका-११ मा कन्टेनरको ठक्करबाट रौतहटको चन्द्रपुर नगरपालिका-१ पौराही घर २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रदेश ३-०२-०१४ प ९८७७ नम्बरको मोटरसाइकल चढेर पूर्वबाट घरतर्फ जाँदै गर्दा बागमती पुल नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ख ००७० नम्बरको कन्टेनरले योञ्जनलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका योञ्जलनलाई मोडेल अस्पताल बागमतीमा सामान्य उपचार गरि थप उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मोटरसाइकललाई ठक्कर दिने कन्टेनर चालक मकवानपुरको भीमफेदी गाउँपालिका-५ का ३८ वर्षीय ओमबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया