समाज


सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु

नवलपुरमा १० भाइल एन्टीस्नेक भेनम दिएपछि जनकपुर रेफर, बाटोमै ज्यान गयो
सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु

नेपालखबर
साउन १६, २०८२ शुक्रबार १३:३३, सर्लाही

सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।  

ईश्वरपुर नगरपालिका–१२ घारिबथान निवासी ५० वर्षीया सीता परियारको गोमन सर्पको टोकाइबाट गएराति मृत्यु भएको हो। 

सोमबार साँझ सुँगुरलाई चारो हाल्न गोठमा गएको बेला उनलाई गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो। 

सर्पको टोकाइबाट गम्भीर बिरामी परेकी उनलाई उपचारको लागि आफन्तले राति नै नवलपुरमा रहेकाे सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए। 

तर, अवस्था गम्भीर भएकाले त्यहाँ उपचार सम्भव नभएपछि भेन्टिलेटरको सुविधा रहेको जनकपुर अन्चल अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको आफन्तले बताएका छन्।  

नवलपुर सर्पदंश उपचार केन्द्रमा स्थानीयको पहलमा एउटा भेन्टिलेटर र आइसियुको व्यवस्था गरिएको छ। तर, त्यसलाई चलाउन जान्ने दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर मेसिन त्यसै थन्क्याएर राखिएको छ। 

नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले १० भाइल एन्टीस्नेक भेनम चढाएर परियारलाई जनकपुर रेफर गरिएको बताए। 

केही समयअघि सर्लाहीकै बागमतीमा पनि एक महिलाको गोमन सर्पको टोकाइबाट मृत्यु भएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad