सर्लाहीको हरिपूर्वामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
गएराति हरिपूर्वा नगरपालिका-५ संग्रामपुरस्थित संग्रामपुर-बाँके सडकखण्डमा भारतीय बीआर.३० एई ८२२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६८ वर्षीय गजेन्द्र सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल चालक सर्लाहीकै पर्सा गाउँपालिका-५ का अन्दाजी २४ वर्षीय सरवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।
633
Shares

प्रतिक्रिया