समाज


धान रुँग्न गएका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

धान रुँग्न गएका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार ५:३१, सप्तरी

कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट सप्तरीमा एक वृद्धको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेका इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

घरदेखि करिब एक किलोमिटर टाढा रहेको खेतमा काटिएको धान रुँग्न बसेका बेला बिहीबार राति उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।  

बिहीबार बिहान उनको शव हात्तीले किचेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी माधवप्रसाद काफ्लेले बताए ।

राति खेतको झुप्रोमा उनी बसिरहेको बेला हात्तीले आक्रमण गरेको थियो। हात्तीले झुप्रो भत्काउन थालेपछि उनी त्यहाँबाट भागेका थिए।

झुप्रोदेखि केही पर उनको शव फेला परेको प्रहरीले जनाएको छ। हात्तीले झुप्रो भत्काउँदै लखेटेर उनीमाथि आक्रमण गरेको मृतककी पत्नी जानकीदेवीले बताएकी छन्।
  
सप्तरीमा वन्यजन्त आरक्षबाट निस्कने जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि दुई÷तीन जनाको ज्यान जाने गरेको छ।

हात्ती आक्रमणबाट त्रसित र पीडितले नियन्त्रणको माग गर्दै त्यस क्षेत्रका बासिन्दाले पटकपटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad