समाज


प्रेम चलाउनेको पक्षमा आन्दोलन, प्रहरीद्वारा धरपकड (तस्बिरहरू)

प्रेम चलाउनेको पक्षमा आन्दोलन, प्रहरीद्वारा धरपकड (तस्बिरहरू)

उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा आन्दोलितहरुलाई पक्राउ गर्दै प्रहरी। तस्बिर : सरोज बैजु


सरोज बैजु
असार ५, २०८० मंगलबार ११:५१, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको पक्षमा फेरि शिक्षक, विद्यार्थीहरु सडकमा उत्रिएका छन्। 

नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताबाट मरनासन्न हुने गरी कुटाई खाएका चलाउनेको पक्षमा मंगलबार बिहान काठमाडौं जिल्ला अदालतअगाडि प्रदर्शन भएको हो।

प्रदर्शनका क्रममा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका नेता कार्यकर्तामाथि प्रहरीले धरपकड गरेको छ। त्यक्रममा आधा दर्जनबढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदर्शनकारीहरुले विश्वविद्यालयलाई राजनीतिक थलो बनाउन पाइँदैन, विश्वविद्यालयमा प्राज्ञिक मर्यादा कायम गर र अपराधको राजनीतिकरण गर्न पाइँदैन जस्ता प्लेकार्ड र ब्यानर बोकेका थिए। 

प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालत परिसरभित्रैबाट चलाउनेलाई घिसार्दै पक्राउ गरेको थियो। अदालत परिसरमै अनसन बस्न तयार भएपछि उनलाई प्रहरीले लछारपछार गर्दै समातेर लगेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .