समाज


कञ्चनपुरको भीमदत्तमा शव भेटियो, एसपीसहितको टोली घटनास्थलमा

कञ्चनपुरको भीमदत्तमा शव भेटियो, एसपीसहितको टोली घटनास्थलमा

नेपालखबर
फागुन १५, २०८० मंगलबार ८:५३, कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा एक पुरुषको शव भेटिएको छ। 

महाकाली सिँचाइको मूल नहरमा मंगलबार बिहान एक पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। 

उक्त शव भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्र बहादुर बिष्टको भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। 

स्थानीय काली पुलमा अड्किएको अवस्थामा बिष्टको शव भेटिएको हो। 

शव भेटिएपछि प्रहरीले नहरको  पानी बन्द गरेर मुचुल्काको काम अघि बढाउने तयारी गरेको छ।। कञ्चनपुरका एसपी जोशी अहिले आफैँ घटनास्थलमा खटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .