ad ad

खेल


साफ च्याम्पियनसिप फाइनल: भारतले नेपालको पोस्टमा हान्यो लगातार दुई गोल

साफ च्याम्पियनसिप फाइनल: भारतले नेपालको पोस्टमा हान्यो लगातार दुई गोल

नेपालखबर
असोज ३०, २०७८ शनिबार २१:३५, काठमाडौँ

दक्षिण एसियाली फुटबल(साफ)च्याम्पियनसिपको फाइनल खेलमा भारतले नेपालविरुद्ध दुई गोलको अग्रता लिएको छ। 

दोस्रो हाफको सुरुवातमै भारतले दुई मिनेटभित्र दुई गोल गरेको हो। ४८औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले हेडर गोल गर्दै भारतलाई अग्रता दिलाए। 

लगत्तै २ मिनेटपछि सुरेश सिंहले डी बक्सभित्रबाट गोल गर्दै भारतको अग्रता दोब्बर पारे।

नेपाल पहिलोपल्ट साफको फाइनल खेलिरहेको छ। दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको ३ दशक लामो इतिहासमा हालसम्म ५ पटकसम्म सेमिफाइनलमा पुगेपनि नेपालले फाइनलमा स्थान बनाउन सकेको थिएन। 

सन् २०१८ मा भएको साफको सेमिफाइनमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित हुँदै बाहिरिएको थियो। त्यसअघि सन् १९९९, १९९५, २०११ र २०१३ मा नेपाल सेमिफाइनलबाट अघि बढ्न सकेन।

साफमा भारत सर्वाधिक सफल टोली हो। भारतले हालसम्म ७ पटक साफको उपाधि जितिसकेको छ। माल्दिभ्सले दुई, बगंलादेश, श्रीलंका र अफगानिस्तानले एक–एक पटक साफको उपाधि जितेका छन्। 

साफ च्याम्पियनसिपमा नेपाल र भारत हालसम्म ७ पटक आमने सामने भएका छन्। ६ पल्ट नतिजा भारतको पक्षमा हुँदा २०१३ को साफमा भने नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। 

समग्रमा नेपाल र भारतबीच अहिलेसम्म २२ खेल भएको छ। जसमा भारतले १५ खेलमा जित जित्दा नेपालले २ खेलमा मात्रै जितेको छ। नेपालले भारतलाई सन् २०१३ को साफ र १९९३ को बगंलादेशको ढाकामा भएको प्रतियोगितामा हराएको थियो।  यी दुई टोलबीचका ५ खेल भने बराबरीमा सकिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .