ad ad

खेल


१८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा ककसले जिते? कति पुरस्कार पाए?

१८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा ककसले जिते? कति पुरस्कार पाए?

मगेन्द्र राई
पुस १८, २०७८ आइतबार १३:१०, कास्की

कास्की जिल्ला टेनिस संघद्वारा सञ्चालित १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा पुरुषतर्फ प्रदीप खड्का र महिलातर्फ सलोनी तामाङले उपाधि जितेका छन्। 

पोखरा रंगशालास्थित टेनिस कोर्टमा शुक्रबार भएको ओपन मिन्स सिङ्गल्सतर्फ फाइनल खेलमा प्रदीप आरभ सम्राट हाडालाई ६–३, ६–४ को सोझो सेटमा पाखा लगाउँदै च्याम्पियन बनेका हुन्। जितसँगै विजेताले ८० हजार रुपैयाँ पुरस्कार पनि पाएका छन्। यस्तै उपविजेता हाडाले पनि ४० हजार रुपैयाँ हात पारेका छन्। 

साथै उपाधि जितेका प्रदीप वरीयतामा ‘इयर इन्ड नम्बर वन’समेत बनेका छन्।

डबल्सतर्फ भने आरभ र अकी जुबेन रावतको जोडडीले जितेन्द्र परियार र प्रनभ खनालको जोडीलाई ७–६, ६–१ को सेटमा हराएको छ।

त्यसैगरी ओपन वुमन्स सिङ्गल्सतर्फ शीर्ष वरीयताकी सलोनी तामाङले गंगा शर्माविरुद्ध ६–२, ६–० को अन्तरको सहज जित हासिल गर्दै च्याम्पियन बनेकी छन्। 

डबल्सतर्फसमेत सलोनी र महिका रानाको जोडीले सुभाङ्गी शाह र अभिलाषा बिस्टलाई ६–१, ६–३ को अन्तरले हराएको छ। 

प्रतियोगिताअन्तर्गत ३५ वर्ष माथिको मिन्स सिङ्गगल्सतर्फ सन्तोष खत्री भीष्म गुरुङलाई ६–०, ६–१ को एकतर्फी अंकमा सहज जित प्राप्त गर्दै उपाधि लिन सफल भएका छन्।  

जितसँगै खत्रीले ट्रफीसहित नगद ६० हजार तथा उपविजेता गुरुङले ३० हजार रुपैयाँ प्राप्त गरेका छन्। 

सोही विधाको डबल्सतर्फ कमल भण्डारी र यज्ञ भण्डारीको जोडी च्याम्पियन बनेको छ।

यस्तै ४५ वर्षमाथिको सिङ्गल्सतर्फ चन्द्र शाहीले बिमल कुमार गुरुङलाई ६–३, ६–२ को सोझो सेटमा हराए। यसका विजेता र उपविजेताले क्रमशः ४० र २० हजार रुपैयाँ पाएका छन्। 

डबल्सतर्फ हिमाल शाह र राजु क्षेत्रीको जोडीले विनोद कायस्थ र विकास गुरुङको जाडीलाई ६–२, ६–२ को सोझो सेटमा निराश बनायो। 

त्यसैगरी ५५ वर्षमाथिको एलकतर्फ विमलकुमार गुरुङले कृष्णराज घलेलाई हराए भने डबल्सतर्फ कलम थापा र चम्पा धुन्डुपको जोडीले कृष्णराज घले र राजु श्रेष्ठको जोडीलाई जित्यो। ६५ वर्षमाथिको एकलतर्फ विदुर वष्टिले विष्णुकुमार गुरुङलाई हराए। 

माछापुच्छ्रे बैंकको प्रमुख प्रायोजनमा भएको प्रतियोगिता गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङले उद्घाटन गरेका थिए।

एक हप्तासम्म चलेको प्रतियोगितामा ओपन मिन्स सिङ्गल्स/डबल्स, वुमन्स सिङ्गल्स/डबल्स, ३५ प्लस मिन्स सिङ्गल्स/डबल्स, ४५ प्लस मिन्स सिङ्गल्स/डबल्स, ५५ प्लस मिन्स सिङ्गल्स/डबल्स, र ६५ प्लस सिङ्गल्स विधामा प्रतिस्पर्धा गराइएको थियो। 

बेस्ट अफ थ्री प्रो सेट फर्म्याटमा भएको प्रतिस्पर्धामा देशभरका कूल १२७ जनाले  भाग लिएको जानकारी टुर्नामेन्ट डाइरेक्टर राजन पौडेलले नेपालखबरलाई दिए। 

कास्की जिल्ला टेनिस संघले हरेक वर्ष स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका करिब आधा दर्जन प्रतियोगिता सञ्चालन गर्ने गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .