ad ad

खेल


पहिलोपटक उपाधि उचाल्ने नेपालको दाउ, के भन्छन् प्रतिस्पर्धी टोली?

पहिलोपटक उपाधि उचाल्ने नेपालको दाउ, के भन्छन् प्रतिस्पर्धी टोली?

साफको ट्रफीसहित सहभागी राष्ट्रका कप्तानहरु। तस्बिर : सरोज बैजु/नेपालखबर


लक्ष्मी जि.सी
भदौ २१, २०७९ मंगलबार ७:१५, काठमाडौँ

काठमाडौंमा मंगलबारदेखि साफ महिला च्याम्पियनसिप सुरु हुँदै छ। 

प्रतियोगितामा भिड्न सातै टोली तयार देखिएका छन्। यसअघिका ५ संस्करणमध्ये ४ पटक फाइनलमा पुगेर पनि उपाधिबाट टाढिएको नेपाल घरेलु मैदानमा नयाँ इतिहास रच्ने दाउमा छ। 

दशरथ रंगशालामा हुने खेलमा नेपाली राष्ट्रिय महिला टोलीले दोस्रो पटक घरेलु मैदानमा खेल्ने मौका पाएको छ। नेपाली टोलीले यसअघि बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेलेको थियो। राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडीले रगंशालामा पहिलो पटक खेल खेल्नेछन्। 

साफमा सर्वाधिक सफल टोली भारत भने सोही लयलाई कायम राख्दै छैटौँ पटक उपाधि हत्याउने योजनामा छ।

पाकिस्तानले यही च्याम्पियनसिप मार्फत ८ वर्षपछि अन्तराष्ट्रिय फुटबलमा पुनरागमन गर्दै छ। च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स सहभागी छन्। 

च्याम्पियसिपमा सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह बी मा रहेको नेपाल, श्रीलंका र भुटान रहेको सहज समूहमा छ।

समूह ए मा डिफेन्डिङ च्याम्पियन भारत, बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्। समूह चरणको खेलपछि समूहका शीर्ष दुई टोलीले अन्तिम चारमा स्थान पक्का गर्नेछन्। 

के भन्छन् सहभागी टोलीका प्रशिक्षक र कप्तान?

मौका खेर जान दिँदैनौँ 
कुमार थापा
प्रशिक्षक, नेपाल

दोस्रो पटक राष्ट्रिय महिला टोलीको प्रशिक्षक कुमार थापाले दोस्रो पटक साफ आयोजना गरेकोमा नेपाललाई धन्यवाद दिए।

करिब ७ हप्ताको तयारी गरेको नेपालले विगतलाई बिर्सिएर प्रर्दशन गर्ने बताएका छन्। कम समय भए पनि टिमको अवस्था राम्रो छ। टोलीमा सिनियर र जुनिएर खेलाडीको मिश्रण छ। राष्ट्रिय टोलीमा ३ खेलाडीले पुनरागमन गर्दा ३ नयाँ खेलाडी डेब्युको प्रतीक्षामा छन्। 

मंगलबारदेखि सुरु हुने साफमा विगतको नतिजा हेरेर अहिले नै केही मूल्यांकन गर्न नसकिने सुनाउँछन्।

टोलीमा सिनियर टोलीमा रहेका केही खेलाडीका लागि यो अन्तिम मौका रहेकाले आफूहरुले पाएको अवसरलाई खेर जान नदिए सुनाए। साफमा सहभागी कुनै टोलीलाई पनि कमजोर नसोचेकाले पहिलो लिग चरणको खेलमा ध्यान दिने बताए। 

गोर्खाली पारामा उपाधि जित्छौँ
कप्तान : एञ्जिला तुम्वापो सुब्बा

कप्तान एञ्जिला तुम्वापो सुब्बा राष्ट्रिय महिला टोलीको नवौँ कप्तान हुन्। उनले आफूलाई कप्तान बनाएकोमा धन्यवाद दिँदै यो विश्वास गुम्न नदिने सुनाइन्।

आफूहरु गोर्खाली पारामा खेल्दै उपाधि बाहिर जान नदिने सुनाइन्। घरेलु मैदानमा पहिलो पटक उपाधि जित्ने प्रयासमा हुने उनको भनाइ छ।

टोलीमा रहेका सबै खेलाडीमा कप्तान हुने इच्छा सबैमा हुने बताइन्। ‘मलाई पनि आफ्नो कप्तानीमा उपाधि जित्ने इच्छा छ’, उनले भनिन्, ‘मलाई टिमप्रति विश्वास छ,  बोल्नभन्दा पनि मैदानमा देखाउँछौँ।’ 

***

तयारी राम्रो गरेका छौँ 
क्युङ सुक होङ 
प्रशिक्षक, भुटान

भुटानी प्रशिक्षक क्युङ सुक होङले आफूहरु प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको सुनाइन्। 

नेपाली मैदानमा खेल्न सजिलो छैन 
कप्तान : पेमा छोदेन छिरिङ

नेपालको घरेलु मैदानमा आफूहरुका लागि सहज नहुने छिरिङले प्रतिक्रिया दिइन्। नेपाल बलियो टोली रहेकाले आफूहरुलाई नेपाली समर्थकको अगाडि खेल्न मानसिक रुपमा कठिन हुन्छ। घरेलु लिगको भरमा टोली निर्माण गरे पनि सुखद नतिजा आउनेमा छिरिङ विश्वस्त छिन्। 

भुटानी टोलीमा युवा खेलाडीको वर्चस्व रहेको भन्दै लामो समय आफूहरु देश बाहिर गएर खेल्न नपाएकाले नेपालमा आएर मैत्रीपूर्ण खेल खेलेको उनले सुनाइन्। 

***

राम्रो नतिजा ल्याउँछौँ 
चामिन्दा निल स्टेनवाल
मुख्य प्रशिक्षक, श्रीलंका

श्रीलंकाको आर्थिक अवस्था प्रतिकुल रहेकाले पनि त्यसको असर टोलीको तयारीमा परेको छ। सोही कारण यातायातको कठिन व्यवस्थापनका कारण सबै खेलाडी एकै ठाउँमा भएर प्रशिक्षण गर्न पनि कठिन भएको उनले सुनाए। 

‘तर अहिले यी सबै कुरालाई बिर्सेर च्याम्पियनसिप खेल्न आएका छौँ’, उनले भने। करिब ४ साताको प्रशिक्षणका बाबजुद पनि आफूहरुले राम्रो नतिजा ल्याउनेमा उनी विश्वस्त रहेकाले च्याम्पियनसिपका लागि उत्साहित रहेको सुनाए। 

उत्साहित छौँ 
कप्तान पूर्णिमा
साफका लागि नेपाल आउँदा आफूहरु उत्साहित रहेको सुनाइन्। हामी च्यम्पियनसिपका लागि खुसी छौँ।

*** 

उपाधि रक्षा सजिलो छैन
सुरेन क्षेत्री
मुख्य प्रशिक्षक, भारत 

फिफाको प्रतिबन्धका कारण केही असर परे पनि हामीहरु तयार छौँ। भारतीय टोलीका केही खेलाडी व्यावसायिक लिगका लागि टोली बाहिर छिन्। च्याम्पियनको उपाधि रक्षा गर्न केही कठिन भए पनि आफूहरु तयार रहेको बताए। 

लक्ष्य उपाधि नै हो
कप्तान : आशालता देवी 

पहिला जे भयो त्यसलाई बिर्सिएर हामी अगाडि बढेका छौँ। च्याम्पियसिपका लागि हामी तयार छौँ। दक्षिण एशियामा साफ ठूलो प्रतियोगिता हो, चुनौतीका लािग तयार छौँ। छोटो तयारीका बाबजुद पनि उपाधि नै हाम्रो मुख्य लक्ष्य हो। 

***

पहिलो खेलमै ध्यान दिनेछौँ 
रब्बानी
मुख्य प्रशिक्षक, बंगलादेश 

आफूहरुले च्याम्पियसिपभन्दा पनि पहिलो खेलमा नै ध्यान दिएको रब्बानीले बताए। विराटनगर  साफमा आफूहरुसँग भएका यू–१७ का खेलाडीहरु अहिले २० वर्षका भईसकेका छन्।

अनुभव पनि बटुलेका छन्। त्यसलाई यो प्रतियोगितामा प्रयोग गर्नेछौँ। उनीहरु शारीरिक रुपमा राम्रा छन्। जुनिएर र सिनियर खेलाडीबीच राम्रो कम्बिनेसन रहेकाले टोली राम्रो छ। 

च्याम्पिनयसिपका लागि तयार छौँ
कप्तान : सविना खातुन

लामो समयपछि खेल्न पाउँदा उत्साहितसँगै च्याम्पिनयसिपका लागि तयार छौँ। टिममा जुनियर र सिनियर खेलाडी छन् त्या आफ्नो टोलीको सकारात्मक पक्ष हो।

एउटा पुरा प्याकेज पनि हो। राम्रो खेल पस्तुत गर्नेछौँ। भारत बलियो टोली हो। पाँच पटकको च्याम्पियन भारत टोली रहे पनि आफूहरु राम्रो खेल प्रस्तुत गर्नेछौँ। 

***

कठिन समूहमा छौँ, केही गाह्रो हुनेछ
अहमद सरीफ
मुख्य प्रशिक्षक, माल्दिभ्स 

च्याम्पियनसिपमा आफूहरु कठिन समूहमा रहेकाले केही गाह्रो हुने तर राम्रो खेल्नेछौ। च्याम्पियसिपका लागि नेपाल आउँदा खुसी लागेको सुनाए। टोलीमा अनुभवी र नयाँ खेलाडीको मिश्रण रहेकाले राम्रो नतिजा ल्याउनेमा उनी विश्वस्त छन्।

यो खेलले माल्दिभ्सको महिला फुटबल विकासमा सहयोग गर्ने विश्वास गरे। उनले भने, ‘आफूहरु कठिन समूहमा रहे पनि राम्रो स्पर्धा गर्नेछौँ।’ 

राम्रो खेल्नेछौँ
कप्तानः अईमिथ लिजा
मिश्रित टोली रहेकाले राम्रो खेल खेल्नेछौँ। आफूहरुसँग भएको अनुभव साफमा प्रयोग गर्ने र नयाँ कुरा सिक्नेछौँ। भारत, बंगलादेश र पाकिस्तान रहेको कठिन टोलीमा रहे पनि राम्रो खेल खेल्नेछौँ। 

***

८ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा आउँदा खुसी छौँ 
आदील रिज्की
मुख्य प्रशिक्षक, पाकिस्तान 

फिफाबाट प्रतिबन्ध व्यहोरेर फुकुवा भएको पाकिस्तान ८ वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा उत्रिँदै छ। लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किँदा उत्साहित रहेको सुनाए। छोटो समयमा टोली तयार पार्न चुनौती थियो तर हामी खुसी छौँ। 

६ हप्ताको तयारी छ, राम्रो खेल्छौँ 
कप्तान : मारिया खान 

लामो समयपछि हामी फुटबलमा फर्किँदा उत्साहित रहेको सुनाइन्। करिब ६ हप्ताको तयारी भए पनि आफूहरु सकारात्मक रहेको खानले बताइन्। 

पाकिस्तानले पहिलो खेलमा भारतको सामना गर्नेछ। भारत प्रतिस्पर्धात्मक टोली रहेकाले आफू पहिलो खेलको प्रतिक्षामा रहेको सुनाइन्। 

प्रतिबन्धबाट फुकुवा भएपछि दोहोरो नागरिकता भएका खेलाडीलाई पनि राष्ट्रिय टिमबाट खेल्न दिने बताएपछि टोलीमा अलिले यूएई र इंग्ल्यान्डका खेलाडी छिन्। 

सबै तस्बिर : सरोज बैजु/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .