ad ad

खेल


यूईएफए नेसन्स लिग : पोल्यान्डलाई हराउँदै नेदरल्यान्ड शीर्ष स्थानमा

यूईएफए नेसन्स लिग : पोल्यान्डलाई हराउँदै नेदरल्यान्ड शीर्ष स्थानमा

नेपालखबर
असोज ७, २०७९ शुक्रबार ११:३२, काठमाडौँ

यूईएफए ए नेसन्स लिगमा पोल्यान्डलाई हराउँदै नेदरल्यान्ड समूहको शीर्ष स्थानमा उक्लेको छ। बिहीबार राति भएको ग्रुप ४ को खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २–० गोल अन्तरले हराएको हो।

नेदरल्यान्ड्सको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले एक एक गोल गरे। खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको नेदरल्यान्डले दोस्रो हाफमा १ गोल थप्यो। 

खेलको १३औँ मिनेटमा कोडे गाक्पोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ६०औं मिनेटमा स्टेभन वर्ग वाइनले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

लिगमा अपराजित रहेको नेदल्यान्डले ५ खेलबाट १३ अंक जोडेको छ। ४ अंक भएको पोल्यान्ड चौथो स्थानमा छ। बेल्जियम १० अंकमा दोस्रो स्थानमा हुँदा १ अंक मात्र भएको वेल्स तालिकाको पुछारमा छ। 

गएराति नै भएको यही समूहको अर्को खेलमा बेल्जियमले वेल्सलाई २–१ ले हराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .