दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी२० क्रिकेटमा भारतले ८ विकेटको जित हात पारेको छ।
बुधबार भएको खेलमा १०७ रनको सामान्य लक्ष्य पछ्याएको भारतले २० बल बाँकी छँदै २ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।
भारतलाई जित दिलाउने क्रममा केएल राहुलले अविजित ५१ र सूर्याकुमार यादवले अविजित ५० रनको पाली खेले।
यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो।
दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४१ रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
भारतका अर्शदीप सिंहले तीन विकेट लिए।
यससँगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ।
असोज १३, २०७९, बिहीबार
27
Shares
प्रतिक्रिया