ad ad

खेल


हक्की भोलिदेखि सुरु हुँदै, तर मैदानको घाँस अझै काटिसकिएन

हक्की भोलिदेखि सुरु हुँदै, तर मैदानको घाँस अझै काटिसकिएन

लक्ष्मी जि.सी
असोज २६, २०७९ बुधबार २२:१४, काठमाडौँ

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबारदेखि हक्की प्रतियोगिता सुरु हुँदैछ। तर प्रतियोगिता सुरु हुन केही घण्टा बाँकी रहे पनि खेल मैदान भने अझै तयार भएको छैन। 

हक्कीअन्तर्गत पुरुषतर्फको प्रतियोगिता हेम्जाको गौरिशंकर खेल मैदानमा तथा महिला तर्फको खेल लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा हुँदैछ। हक्कीमा पुरुषतर्फ ९ र महिलातर्फ ७ टोलीले स्पर्धा गर्दैछन्। 

प्रतियोगिताको समय आइपुग्दा पनि पूर्वाधार तयार नहुँदा व्यवस्थापनमा समस्या परिरहेको छ। प्रतियोगिता सुरु हुने अघिल्लो दिन बुधबार मात्र हेम्जाको गौरिशंकर खेल मैदानका घाँस काट्न सुरु गरिएको नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए। 

बुधबार अबेरसम्म मैदानको घाँस काटिएको र बिहीबार बिहानैदेखि बाँकी घाँस काटेर मैदान मार्किङ लगायतका काम गरिनेछ। हतारमा व्यवस्थापन गरिएका यस्ता खालका पूर्वाधारमा खेलाडीलाई चोटपटकको चुनौती रहेको खड्काले स्वीकार गरेका छन्। 

उनले भने, ‘समयमा खेल मैदान व्यवस्थापन तर्फ सम्बन्धित निकायले ध्यान दिएन। मैदानमा अहिले भर्खर काटिएका घाँसका ठुटाहरु र ससाना ढुंगाका टुक्राहरु जताततै छन्, खेलाडीहरुलाई कसरी खेलाउने?’

स्थानीय तह, खेल व्यवस्थापक लगायत सम्बन्धित निकायबीच समयर्म समन्वय हुन नसक्दा राष्ट्रिय प्रतियोगिता दयनीय भौतिक अवस्थामा गराउनु परेको उनले दुखेसो पोखे। 

प्रतियोगिता नै प्रदेशबाहिर लैजाँदा राम्रो सन्देश नजाने भएकोले चुनौतीका बाबजुद कास्कीमै गराउन लागिएको उनको भनाइ छ।

उता राष्ट्रिय खेलकुद परिषद् सदस्य राजेश गुरुङले छोटो समयमा सबै खेलको भौतिक व्यवस्थापन गर्दैगर्दा कुनै प्रतियोगिताहरु अभाव र चुनौतीमाझ सञ्चालन गर्न लागिएको स्वीकार गरे। 

उनले भने, ‘गण्डकी प्रदेश आयोजक रहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि केन्द्रबाट नै समयमा बजेट प्राप्त नभएकोले समयमा प्रतियागिताका लागि पूर्वाधारहरु व्यवस्थापन गर्न आयोजक चुकेको छ। प्रतियोगिताको लागि भौतिक व्यवस्थापनका लागि बजेट प्राप्त भएको छैन, मौखिक रुपमा मात्रै बजेटको कुरा भएको छ। बजेट नभएकोले हामी यस विषयमा चुकेका छौँ।’
 
खेल स्थल छनोट हतारमा भए पनि प्रतियोगिता सफल बनाउनको लागि आयोजकका विभिन्न निकाय लागि परेको उनले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .