ad ad

खेल


पाकिस्तानसँगको खेलमा दर्शकलाई ५ सय र १ हजारको टिकट

पाकिस्तानसँगको खेलमा दर्शकलाई ५ सय र १ हजारको टिकट

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १३:५८, काठमाडौँ

पाकिस्तानसँग हुने मैत्रीपूर्ण खेलका लागि टिकटदर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिक दर तोकेको हो। 

यस्तै भीभीआईपी टिकटतर्फ ८० वटा टिकट छुट्टायाइएको छ।

जसको मूल्य ५ हजार रुपैयाँ तोकिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए। भिभिआइपीतर्फको टिकटका लागि ५ हजार रुपैयाँ तिनुपर्नेछ। भिभिआईपी टिकट खरिद गर्नेलाई राष्ट्रिय टोलीको जर्सी प्रदान गरिनुका साथै स्न्याक्सहरु दिईने एन्फाले बताएको छ। 

एन्फाले पाकिस्तानसँगको खेलको टिकट बिक्रीका लागि फुटसल भिलेज प्रालिसँग २५ लाख ५१ हजार रुपैयाँको सम्झौता गरेको छ। 

मैत्रीपूर्ण खेलमा टिकट खरिद गर्ने एकजना भाग्यशाली विजेता गोलाप्रथाबाट छनोट गरिनेछ। भाग्यशाली विजेताले ब्राजिल र क्यामरुनसँगको खेल हेर्न पाउनेछ।

मैत्रीपूर्ण खेल सञ्चालन गर्नका लागि ४८ लाख ६५ हजार ९२७ रुपैयाँ खर्च लाग्ने एन्फाले अनुमान गरेको छ। 

नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कार्तिक ३० गते दशरथ रंगशलामा साँझ ५ बजेपछि सुरु हुनेछ। पाकिस्तानसँगको खेलका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ। 

पाकिस्तानको टोली कार्तिक २७ गते नेपाल आइपुग्नेछ। प्रतिबन्धपछि नेपालसँगको खेलसँगै पाकिस्तान अन्तर्राष्ट्रिय फुटबलमा फर्किन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .