खेल


क्रिकेटर सावित्री धामीलाई सम्मान

क्रिकेटर सावित्री धामीलाई सम्मान

नेपालखबर
साउन ६, २०८३ बुधबार १३:१९, काठमाडौँ

एसीसी महिला यू-१९ प्रिमियर कप २०२६ मा सर्वाधिक रन बनाएकी सावित्री धामीलाई अमरावती बुटिक होटलले नगदसहित सम्मान गरेको छ। 

काठमाडौँमा एक कार्यक्रमबीच होटलले ब्याटर धामीलाई ५० हजार रुपैयाँसहित सम्मान गरेको हो। धामीले एसीसी महिला यू-१९ प्रिमियर कप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा सर्वाधिक रन बनाएकी थिइन्। उनले प्रतियोगितामा २५६ रन जोड्दै नेपाली महिला यू-१९ क्रिकेटको इतिहासमा कीर्तिमान बनाएकी थिइन्। 

प्रतियोगितामा लगातार तीन अर्धशतक प्रहार गर्दै उनी महिला क्रिकेटमा लगातार अर्धशतक प्रहार गर्ने खेलाडी बनेकी थिइन्। 
उनले सिगांपुरविरुद्ध अपराजित ७८ रनको योगदान दिएकी थिइन्। 

धामीले आफ्नो मेहनत र प्रदर्शनको कदर गर्दै सम्मान गरेकोमा अमरावती बुटिक होटल परिवारप्रति आभार व्यक्त गरिन्। आगामी दिनमा अझ मेहेनत गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाम थप उँचो बनाउन प्रेरणा मिलेको बताइन्। 

अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले सावित्री धामीको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि नेपाली महिला क्रिकेटको इतिहासमा कोशेढुंगा सावित हुने बताए। 

प्रतियोगितामा तेस्रो बन्दै नेपालले एसीसी महिला यू-१९ एसिया कपमा स्थान सुरक्षित गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad