चर्चित अमेरिकी युट्युबर जिमी डोनाल्डसन अर्थात मिस्टर बिस्टले बिहे गरेका छन्। उनले जुलाई २१ मा प्रेमिका थियन बुयसेनसँग विवाह गरेका हुन्।
विवाहको पहिलो तस्बिर पोस्ट गरेर मिस्टर बिस्टले सामाजिक सञ्जालमा खुशी साटेका छन्। इन्स्टाग्राममा तस्बिरहरू सेयर गर्दै उनले लेखेका छन्, ‘मैले मिसेस बिस्टलाई भेटाए र त्यो मेरो जीवनको सबैभन्दा राम्रो दिन थियो।’
उनले आफ्नो विवाह समारोहलाई साधारण र निजी तरिकाले सम्पन्न गरेका छन्। सार्वजनिक तस्बिरमा उनको जोडी निकै मुस्कुराएको देखिन्छ।
उनीहरूले नजिकका परिवार र प्रियजनलाई मात्र निम्त्याएर आफ्नो विवाहकाे खुशीयाली मनाए। यो जोडीले डिसेम्बर २०२४ मा इन्गेजमेन्ट गरेको थियो।
मिस्टर बिस्ट विश्वमा सर्वाधिक पछ्याउने युट्युबर हुन्। उनको ‘मिस्टर बिस्ट’ नामक युट्युब च्यानललाई ५० करोड सब्सक्राइबर छन्।युट्युबको इतिहासमा यति ठूलो संख्यामा सब्सक्राइबर पाउने उनी पहिलो क्रिएटर बनेका हुन्।
मिस्टर बिस्ट ठूला स्तरका युट्युब भिडिओहरू र असाधारण परियोजनाका लागि परिचित छन्।
Shares

प्रतिक्रिया