फिल्म ‘गौँथली’ ले व्यापारिक रफ्तार समातेको छ। गत शुक्रबार रिलिज भएको फिल्मले दिनप्रतिदिन राम्रो लय समातिरहेको निर्माण टिमको दाबी छ।
पहिलो दिन औसत देखिएको हलमा छैटौँ दिन आइपुग्दा अधिकांश शो हाउसफूल भएका छन्।
कतिपय शो फिलिङ फास्टमा गइरहेको निर्माण पक्षको दाबी छ। अबेर साँझका शोमा बिहानै ८० प्रतिशतभन्दा माथि टिकट बिक्री भइसकेको देखिएको छ।
दिउँसो, साँझका शोमा बिहानै ८० देखि ९० प्रतिशतसम्म टिकट अनलाइनबाटै बिक्री भइसकेको निर्देशक कपिल रिजालले जानकारी दिए।
‘अधिकांश हो बिहानै हाउसफूल भइसकेका छन्। त्यसैले हलमै गएर टिकट पाउन कठिन छ,’ उनले भने, ‘यदि कसैलाई समयको पावन्दी छ भने अगाडि नै टिकट काट्नु होला, किनकी हलमा गएर टिकट काट्छु भन्दा नपाइन पनि सक्छ।’

यस फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतको अभिनय छ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी छन्।
Shares

प्रतिक्रिया