मोडल कविता नेपाली फिल्म ‘एक्का तीन’ मा अनुबन्धित भएकी छन्। रुपेश तामाङको निर्देशनमा बन्ने फिल्ममा नेपाली मुख्य भूमिकामा देखिनेछिन्।
यसअघिनै फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता पुष्प खड्का फाइनल भइसकेका छन्। भदौबाट छायांकनमा जाने यो फिल्मका लागि मुख्य तीन कलाकारहरूको लाइनअप पूरा भएको छ।
कविता भित्रिएपछि निर्देशक तामाङले भने, ‘यो एक्सन जनराको फिल्म हो। कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन्। यसैले, उहाँलाई हामीले उहाँकै जन्मदिनको अवसरमा अनुवन्धित गरेका हौँ।’
फिल्ममा पूजा र कविताबीच कडा टक्कर हुने निर्देशक तामाङको भनाइ छ। तीन पात्रको कथामा तयार हुन लागेको यो फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो। फिल्मको कथा सुमन गजमेरले लेखेका हुन्।
कविताले यसअघि फिल्म ‘एक्लो’ मा काम गरिसकेकी छन्। एक्सन जनरामा बनेको दर्शकले यो फिल्ममा रुचाएका थिए।
Shares

प्रतिक्रिया