ad ad

खेल


नेपालद्वारा स्कटल्याण्डसामु १३८ रनको सामान्य लक्ष्य

नेपालद्वारा स्कटल्याण्डसामु १३८ रनको सामान्य लक्ष्य

नेपालखबर
मंसिर १८, २०७९ आइतबार १७:३३, काठमाडौँ

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले स्कटल्याण्डसामु १ सय ३८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा स्कटल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.१ ओभरमा १ सय ३७ रनमा अलआउट भयो। 

नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रनको योगदान दिए। २९ बलमा ३ चौका र १ छक्क हानेका उनी एलबीडब्लु धरापमा पर्दै पवेलियन फर्के। 

ओपनर अर्जुन साउद १८ बलमा रनआउट भए। अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए। ज्ञानेन्द्र मल्लले २५ रन थपे। रोहित पौडेल १७ रनमा क्याच आउट भए। 

स्कटल्यान्डका क्रिस सोलले सर्वाधिक ३ विकेट झारे। मार्क वाट्ले २ विकेट लिए। ब्रेन्डन म्याकमुलेन, शफ्यान शरिफ र माइकल लिस्कको नाममा एक एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .