खेल


लुम्बिनीलाई फार वेस्ट युनाइटेडको १३८ रनको लक्ष्य

लुम्बिनीलाई फार वेस्ट युनाइटेडको १३८ रनको लक्ष्य

नेपालखबर
पुस १३, २०७९ बुधबार १०:३४, काठमाडौँ

नेपाल टी २० लिगमा फारवेस्ट युनाइटेडले लुम्बिनी अल स्टार्ससामु १३८ रनको लक्ष्य प्रस्तत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर अल स्टार्सले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३७ रनको योगफल तयार पारेको हो। 

फरवेस्टका ओपनर देव खनाल ४८ र हसिम अन्सारी ११ रनमा पवेलियन फर्के। ४२ बलको सामना गरेका देवले ५ चौका हाने।

कप्तान हस्मतुल्लाह शाहिदी ३२ र भिम सार्की १५ रनमा आउट भए। २९ बलको सामना गरेका शाहिदीले ३ चौका हाने। 

विनोद भण्डारी ११ रनमा एलबीडब्लु धरापमा परे। करण केसी १२ र उमैर अली १ रनमा नटआउट रहे। 

लुम्बिनीका स्याड्ली भानले २ तथा हरमित सिंह, किशोर महतो र सागर ढकालले एक एक विकेट लिए। 

लिगमा अलस्टार अपराजित यात्रालाई कायम राख्ने योजनामा छ। फारवेस्ट भने दोस्रो जितको खोजीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .