खेल


हरमितको विस्फोटक ब्याटिङमा लुम्बिनी अल स्टार्सको सातौँ जित

हरमितको विस्फोटक ब्याटिङमा लुम्बिनी अल स्टार्सको सातौँ जित

तस्बिर : क्यान


नेपालखबर
पुस १९, २०७९ मंगलबार १८:१४, काठमाडौँ

हरमित सिंहको विष्फोटक ब्याटिङमा लुम्बिनी अल स्टार्सले नेपाल टी२० लिगमा सातौँ जित दर्ता गरेको छ। 

मंगलबार भएको खेलमा लुम्बिनी अलस्टार्सले जनकपुर रोयल्सलाई ५ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत् छ। 

लुम्बिनीले दिएको १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो। 

जनकपुरका लागि चन्दविक वाल्टन ५९ रनमा नटआउट रहे। ओपनर त्रिभोन ग्रिफ्त र सरफुद्दिन अस्रफ समान २६ रनमा आउट भए। सन्दीप जोरा २६ रन थपे। समिउल्लाह सिन्वारी १८ रनमा आउट भए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७८ रनको योगफल तयार पारेको थियो। 
लुम्बिनीका ओपनर हरमितले सर्वाधिक ७३ रनको योगदान दिए। ४७ बलको सामना गरेका उनले ५ चौका र ६ छक्का हाने। 

लाहिरु मिलान्थाले ३३ रन थपे। हयारी टेक्टर १८ रनमा नटआउट रहे। कुशल भुर्तेल १८, कप्तान दीपेन्द्र सिंह ऐरी १४ रनमा आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .