खेल


सुदूरपश्चिम स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन सार्वजनिक

सुदूरपश्चिम स्पोर्टस् अवार्डको ४ विधाको मनोनयन सार्वजनिक

नेपालखबर
पुस १०, २०७६ बिहिबार १२:३९,

पहिलो कैलाली हस्पिटल सुदूरपश्चिम स्पोर्टस् अवार्डको चार विधाको मनोनयन सार्वजनिक भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलाली समन्वय शाखाले बिहीबार पत्रकार सम्मेलन गर्दै पुस १५ गते आयोजना हुने अवार्डमा राखिएका ६ मध्ये लाइभ टाइम एचिभमेन्ट अवार्ड र स्पेशल अवार्डबाहेकका ४ विधाका मनोनयन सार्वजनिक गरेको हो।

मनोनयन हुनेमा बर्ष पुरुष खेलाडीमा ब्याटमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका खड्क बोहोरा र भारात्तोलनका सागर भण्डारी छन्।

वर्ष महिला खेलाडीमा क्रिकेटकी कविता कुँवर, सागकी स्वर्ण पदक विजेता कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्ट छन्। वर्ष प्रशिक्षकमा भारात्तोलनका जीवन गौतम, कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका छन्। वर्ष युवा खेलाडीमा भारात्तोलनका सागर भण्डारी, फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा परेका छन्।

स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा भने कार्यक्रमको दिन नै गरिने मञ्च कैलालीका अध्यक्ष सिताराम ओझाले जानकारी दिए।

४ विधाका विजेतालाई जनही २५ हजार तथा स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्ड पाउनेलाई १० हजार रुपैयाँ दिइनेछ। मनोनयमा पर्ने वर्षभर गरेको प्रदर्शनका आधारमा विजेता घोषणा गरिने बताइएको छ।

यसैबीच प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको कैलाली हस्पिटलले मुख्य प्रायोजन गरेको छ। सम्झौता पत्रमा कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी र मञ्च कैलालीका सल्लाहकार दीपक उपाध्यायले हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad