खेल


नेपाल टी२० लिग उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपाल टी२० लिग उपाधि जित्न विराटनगरले पायो १३४ रनको लक्ष्य

नेपालखबर
पुस २७, २०७९ बुधबार १४:१२, काठमाडौँ

नेपाल टी २० लिगको उपाधि जित्नका लागि विराटनगर सुपर किंग्सले १ सय ३४ रनको लक्ष्य पाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी अल स्टार्स ४ बलअगावै १ सय ३३ रनमा अलआउट भयो। 

लुम्बिनीका ओपनर हरमित सिंह र लाहिरु मिलान्थाले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरे। १८ बलमा ३ चौका र २ छक्का हानेका हरमित ३० रनमा क्याच आउट भए। 

लाहिरु ४१ रनमा रोहित पौडेलको हातबाट क्याच आउट हुँदै फर्के। लाहिरुले २८ बलमा ३ चौका र ३ छक्का हाने। 

कुशल भुर्तेल १ रनमा आउट भए। कप्तान दिपेन्द्र सिंह ऐरी २० र इसान पाण्डे १८ रनमा पवेलियन फर्के। विपुल शर्माले ५, गुल्सन झाले ३ तथा सेड्ली भानले १ रन थपे। 

लुम्बिनीका ७ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। विराटनगरका नन्दन यादव र राज नन्ननले समान २ विकेट लिए। कियोन जोसेप, सुर्य तामाङ र रोहित पौडेलले एक-एक विकेट लिए। 

लिगको उपाधि विजेताले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३० लाख रुपैयाँ हात पार्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .