पेड्रीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगामा साँघुरो जित हासिल गरेको छ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई १–० गोल अन्तरले हराएको हो।
जितसँगै शीर्ष स्थानको बार्साले रियल मड्रिडसँगको अंक दूरी ६ अंकमा पुर्याएको छ।
खेलको ६१औं मिनेटमा जोडि अल्बाको पासमा पेड्रीले निर्णायक गोल गरेका हुन्। जोडी अल्बाले बार्सिलोनाका लागि सबै प्रतियोगितामा १ सयौँ खेल खेलेका थिए।
मुख्य फरवार्ड रोबर्टो लेवानडोस्की र फेरान टोरेस बिनै मैदान उत्रेको बार्साको आक्रमण क्षेत्र केही कमजोर देखिएको थियो। यो जितले बार्सिलोनाले लिगका नौँ खेलमा अपराजित यात्रा कायक राखेको छ।
39
Shares
प्रतिक्रिया