ad ad

खेल


ह्यारी केनको निर्णायक गोलमा टोटेनहमद्वारा म्यानचेस्टर सिटी पराजित

ह्यारी केनको निर्णायक गोलमा टोटेनहमद्वारा म्यानचेस्टर सिटी पराजित

नेपालखबर
माघ २३, २०७९ सोमबार ८:०, काठमाडौँ

ह्यारी केनको निर्णायक तथा कीर्तिमानी गोलमा टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई पराजित गरेको छ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहमले सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो। 

टोटेनहमको जितमा ह्यारी केन नायक सावित भए। सिटीलाई पराजित गर्ने क्रममा केन टोेटनहमको सर्वकालिन कीर्तिमानी खेलाडी बने। केनले जिमी ग्रीभ्सलाई उछिन्दै क्लबका लागि २६७ गोल गरे। केनले ४१६ खेलमा यो कीर्तिमान आफ्नो नाममा गराएका हुन्। ग्राभीले ३७९ खेलमा २६६ गोल गरेका थिए। 

इङल्याण्डका कप्तान केनले १० यार्ड नजिकबाट हानेको बललाई उत्कृष्ट फिनिसिङ दिए। २९ वर्षिय केनले सन् २०११ को १५ डिसेम्बरमा पहिलो गोल गरेका थिए। केनको गोलपछि स्कोर बोर्डमा बधाई ह्यारी केन लेखिएको थियो। 

खेलको १५ औँ मिनेटमा केनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। प्रिमियर लिग चरणमा केनको यो २ सयौँ गोल पनि हो। केनले प्रिमियर लिगमा पहिलो पटक सन् २०१४ को ७ अप्रिलमा सन्डरल्याण्विरुद्ध गोल गरेका थिए। यसअघि एलन शियररले २६० र वेन रुनीले २०८ भन्दा बढी गोल गरेका छन्। 

टोटेनहम खेलको ८७ औँ मिनेटमा १० खेलाडीमा सिमित बनेको थियो। रोमेरोले दुई पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए। 

जितसँगै पाँचौं स्थानमा रहेको टोटेनहमको २२ खेलबाट ३९ अंक भएको छ। हारसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी कम गर्ने मौका गुमायो। सिटीको २१ खेलबाट ४५ अंक रहेको छ। एक खेल कम खेलेको आर्सनलले २० खेलबाट ५० अंक बनाएको छ। 

गएराति कै अर्को खेलमा नटिङहम फरेस्टले लिड्स युनाइटेडलाई १–० गोल अन्तरले हरायो। नटिङहमका लागि ब्रेननान जोन्सनले निर्णायक गोल गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .