ad ad

खेल


बागमती प्रदेश प्रमुख शर्माले प्रदेशसभामा सम्बोधन गर्ने

बागमती प्रदेश प्रमुख शर्माले प्रदेशसभामा सम्बोधन गर्ने

नेपालखबर
माघ २३, २०७९ सोमबार ११:३२, काठमाडौँ

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाका सदस्यहरुलाई सम्बोधन गर्ने भएका छन्।

प्रदेश प्रमुख शर्माले संवैधानिक प्रकृया अनुसार, यही माघ २६ गते अपराह्न १ बजे प्रदेशसभा बैठकमा प्रदेश सदस्यहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए।

साथै, सभामुख पाठकले उक्त दिन प्रदेशसभाको सदस्यहरुलाई मर्यादित पोशाकमा उपस्थित हुन पनि अनुरोध गरेका छन्।

यस्तै, हिजो बसेको प्रदेश सभा बैठकमा सभामुख पाठकको संयोजकत्वमा १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको थियो। 

प्रदेशसभाको बैठक आज अपराह्न १२ बजे बस्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .