ad ad

खेल


१५औँ विश्व इ–स्पोर्ट्स च्याम्पियनसिपको नेपाल क्वालिफायर्सको दर्ता खुल्ला

१५औँ विश्व इ–स्पोर्ट्स च्याम्पियनसिपको नेपाल क्वालिफायर्सको दर्ता खुल्ला

नेपालखबर
माघ २४, २०७९ मंगलबार १६:३४, काठमाडौँ

रोमानियामा हुने १५औँ विश्व इस्पोर्ट्स च्याम्पियनसिपको नेपाल क्वालिफायर्स ‘रोड टु इयासी’को दर्ता खुल्ला भएको छ। 

नेपाल इस्पोर्ट्स एसोसिएसन (नेसा)ले रोड टु इयासी आयोजना गर्दै छ। १५औँ विश्व च्याम्पियनसिप आगामी अगस्ट २४ देखि सेप्टेम्बर ४ सम्म रोमानियाको इयासीमा हुँदै छ। 

यो वर्ष विश्व इस्पोर्ट्सको छाता संगठन इन्टरनेशनल इस्पोर्ट्स फेडेरेसन (आईईएसएफ)ले सीएसःगो, डोटा२, पबजी मोबाइल, एमएलबीबी, टेकन ७ र इफुटबल प्रतिस्पर्धा हुने निश्चित गरिसकेको छ। 

नेपाल क्वालिफायरका लागि प्राइम कलेज र आईएमई पेले नेसासँग साझेदारी गरेको छ। 

नेसाले यसअघि पहिलो, दोस्रो र तेस्रो नेपाल इस्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो सन् २०१८, २०१९ र २०२२ मा सफलतापूर्वक सम्पन्न गरेको थियो। यी सबै काठमाडौंमा आयोजना भएका थिए। 

नेसाले धेरै एसियाली गेम, विश्व च्याम्पियनसिप र ग्लोबल इस्पोर्ट्स गेमहरुमा क्वालिफायर च्याम्पियनसिप आयोजना गरेको जनाएको छ। 

सन् २०१६ मा नेसा स्थापना भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .