खेल


ब्रिटिस कलेजले पहिलोपटक कलेजस्तरीय बास्केटबल प्रतियोगिता गर्ने

ब्रिटिस कलेजले पहिलोपटक कलेजस्तरीय बास्केटबल प्रतियोगिता गर्ने

नेपालखबर
माघ २६, २०७९ बिहिबार १७:५३, काठमाडौँ

ब्रिटिस कलेजले पहिलोपटक कलेजस्तरीय बास्केटबल प्रतियोगिता गर्ने भएको छ। 

कलेजले यही फागुन १४ (फेब्रुअरी २६) देखि ‘द टीबीसी बास्केटबल टुर्नामेन्ट २०२३’ आयोजना गर्ने भएको हो। 

टीबीसी स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतिस्पर्धाले अन्तर्कलेज सम्बन्धका साथै बास्केटबलको प्रवर्द्धन गर्न सहयोग गर्ने आयोजकको अपेक्षा छ। 

प्रतिस्पर्धा मार्च ४ सम्म हुनेछ भने विजेताले नगद ५० हजार र दोस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार जित्नेछन्। टीबीसी बास्केटबलमा हुने प्रतियोगिता फाइभ अन फाइभ फिचरसहित लिग कम नकआउट फरम्याटमा खेलाइनेछ। 

सहभागी हुने खेलाडीले राष्ट्रिय र क्षेत्रीय प्रतिस्पर्धामा सहभागिता नजनाएको हुनुपर्नेछ। 

उपत्यकाका सबै कलेज सहभागी हुनसक्नेछन्। यसको लागि दर्ता शुल्क १० हजार रहेको छ। फेब्रुअरी २२ सम्म दर्ता गरिसक्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .