खेल


वेस्ट ह्याममाथि म्यानचेस्टरको सानदार जित, क्वार्टरफाइनलमा प्रवेश

वेस्ट ह्याममाथि म्यानचेस्टरको सानदार जित, क्वार्टरफाइनलमा प्रवेश

नेपालखबर
फागुन १८, २०७९ बिहिबार ६:३१, काठमाडौँ

काराबाओ कप च्याम्पियन म्यानचेस्टर युनाइटेडले वेस्ट ह्याम युनाइटेडमाथि सानदार जित निकाल्दै एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। 

गएराति भएको खेलमा युनाइटेडले वेष्टह्यामलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो। 

खेलको ५४ मिनेटमा वेनहार्मको गोलमा घरेलु टोली युनाइटेड खेलमा १–० ले पछि परेको थियो। 
वेष्टह्यामले दबाब बनाएको खेलको ७७ औँ मिनेटमा युनाइटेड उपहार गोल मद्धतमा बराबरी गर्ने मौका पाएको थियो। 

ब्रुनो फर्नान्डेजको कर्नर प्रहार वेष्टह्यामका नायफ अगुएर्डले आफनै पोष्टमा हेड गरेपछि खेल बराबरीमा पुगेको थियो। 

खेलको ९० औँ मिनेटमा एलेजान्ड्रो गार्नाचोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। इन्ज्युरी समयको पाँचौँ मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई अन्तिम ८ मा पुर्‍याए। 

गएराति नै भएको अर्को खेलमा सेफिल्ड युनइटेडले टोटनहम हट्सपुरलाई १–० ले हराउँदै अिन्तम ८ मा स्थान बनाएको छ। खेलको ७९ औँ मिनेटमा इलिमान एनडियाले निर्णायक गोल गरे। 

गएराति नै वर्नलीले फिलटवुडलाई १–० र ग्रिमसीले साउथहेम्प्टनलाई २–१ ले हराउँदै अन्तिम ८ मा स्थान पक्का गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .