लगातार तीन खेलमा हार बेहोरेपछि आयोजक ललितपुर ११ महिला टोली ललितपुर मेयर्स महिला क्रिकेट च्याम्पियनसिपबाट बाहिरिएको छ।
ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेसले ४ बल अगावै ९ विकेट गुमाएर भेट्टायो। च्याम्पिनयसिपमा पहिलो जित निकालेको मधेसको अंक गणितीय सम्भावना कायम छ।
मधेसकी सरस्वती कुमारी ३२ रनमा नटआउट रहिन्। ओपनर एलिसा यादव १६ रनमा क्याच आउट भइन्।
२० बलको सामना गरेकी एलिसाले ३ चौका हानिन्। अनुराधा चौधरी ७ र सना प्रविन ३ र प्रतिमा शाह ५ रनमा क्याच आउट भइन्।
सीमा कुँवर १५ रनमा रन आउट भइन्। रोजी कडारी ६ रन बनाउँदा एलबीडब्धु धरापमा परिन्। सन्तोषी चौधरी शून्य रनमा आउट भइन्। कविता गौतम २ रनमा बोलड आउट भइन्। अमिरन निशा शुन्य रनमा रनआउट भइन्।
ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले समान दुई विकेट लिए। अस्मिना कर्माचार्य र मनिषा उपाध्यायले एक एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको ललितपुर मेयर्स ११ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९६ रनको योगफल तयार पारेको थियो।
ओपनर हेलिसा गुरुङ ३ र कञ्चन श्रेष्ठ ५ रनमा बोल्ड आउट भए।
लक्ष्मी चौधरी २३ रनमा क्याच आउट भइन्। लक्ष्मीले २७ बलमा ४ चौका हानिन्। सोनी पाख्रिन ३४ रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। ४३ बलको सामना गरेकी सोनीले ३ चौका हानिन्। सृष्टि जैसी १५ रनमा बोल्ड आउट भइन्।
कप्तान अस्मिना कर्माचार्य ६ र सरस्वती पुन १ रनमा नटआउट रहे।
मधेस प्रदेशका सरस्वती कुमारीले २ विकेट लिइन्। रोजी कडारी, कविता गौतम र अनुराधा चौधरीले एक–एक विकेट आफ्नो नाममा गरे।
आजै हुने दोस्रो खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश १ खेल्दैछन्। खेल दिउँसो १:१५ बजेदेखि सुरु भएको छ।
प्रतिक्रिया