प्रधानमन्त्री थ्री नेसन्स फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपाल र भुटान भिड्दैछन्। खेल दशरथ रंगशालामा साँझ ६ बजेपछि सुरु हुनेछ।
पहिलो खेलमा लाओसलाई २–१ ले पराजित गरेको नेपाल आजको खेलमा सोही लयलाई निरन्तरता दिने योजनामा छ। आजको खेलमा नेपाललाई बराबरी वा १ गोल अन्तरको जित नै पर्याप्त हुनेछ।
उता लाओससँग २–१ ले नै पराजित भएको भुटान घरेलु टोलीलाई फराकिलो अन्तरले हराउँदै फाइनल पुग्न चाहन्छ।
नेपाल र भूटानबीच अहिले सम्मको १३ भेटमा नेपाल अपराजित छ।
थ्री नेसन्सका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले ६ नयाँ खेलाडीलाई टोलीमा स्थान बोलाएका थिए।
जसमध्ये ४ खेलाडीलाई लाओसविरुद्ध डेब्यु गराएका थिए। बाँकी तिन खेलाडीले आजको खेलमा डेब्यु गर्ने सम्भावना छ। चोटका कारण पहिलो खेलमा अनुपस्थित रहेका मुख्य फरवार्ड अन्जन विष्ट आजको खेलमा मैदान उत्रने सम्भावना बलियो छ।
आजको खेलमा भूटान पराजित भए उपाधिका लागि नेपाल र लाओस भिड्नेछन्।
सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेताले ५ तथा उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ।
त्यसैगरी उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलका म्यान अफ दि म्याचलाई २५० डलर दिइनेछ।
नेपाली टोली
गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डरः सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का
मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी
प्रतिक्रिया