फ्रान्सका बेन्जामिन पाभार्डले दोस्रो हाफमा उत्कृष्ट गोल गरेपछि गणतन्त्र आयरल्याण्डले युरो कप २०२४ को छनोट हारबाट सुरुवात गरेको छ।
सोमबार राति भएको खेलमा फ्रान्सले आयरल्याण्डलाई १–० गोल अन्तरले हराउँदै लगातार दोस्रो जित निकालेको हो।
खेलको पहिलो हाफमा फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको आयरल्याण्डले दोस्रो हाफमा १ गोल खान पुग्यो। दोस्रो हाफको पाँचौं
मिनेटमा पाभार्डले जोस कुलेनको पासलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए।
आयल्याण्डले छनोटको दोस्रो खेल १६ जुनमा ग्रिससँग खेल्नेछ।युरोकप छनोटमा लगातार दोस्रो जित निकालेको फ्रान्स ६ अंकमा समूह बी को शीर्ष स्थानमा छ। ग्रिस ३ अंकमा दोस्रो र नेदरल्याण्ड तेस्रो स्थानमा छ।
गए राति भएको सुमह बीको अर्को खेलमा नेदरल्याण्डले जिब्राल्टरलाई ३–० ले हरायो।
समूह इ को खेलमा चेक रिपब्लिकले मोल्भोडालाई गोलरहित बराबरीमा रोक्दा पोल्याण्डले भने अल्बानियालाई १–० गोल अन्तरले हराएको छ। बराबरीसँगै ४ अंक जोडेको रिब्लिक शीर्ष र पोल्याण्ड दोस्रो स्थानमा छ।
समूह एफको खेलमा अष्टियाले इस्टोनियालाई २–१ ले हराउँदै शीर्ष स्थानमा रहँदा स्वीडेनले भने अजरवैजानमाथि ५–० को फराकिलो जित निकाल्दै तालिकामा तिन अंक जोडेको छ।
समूह जी मा हंगेरीले बुल्गेरियालाई ३–० ले हराउँदै दोस्रो स्थानमा छ। मोन्टिनोग्रोलाई २–०ले हराएको सविर्याले लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थानमा छ।
प्रतिक्रिया