ad ad

खेल


सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि

नेपालखबर
जेठ २२, २०८० सोमबार १६:४०, काठमाडौँ

सूर्य नेपाल गल्फ टुरको यो सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप भोलि (मंगलबार)देखि हुने भएको छ।

सिजनको अन्तिम प्रतियोगिताबाट भुवन नगरकोटे र शुक्रबहादुर राईमध्ये नेपालको नम्बर वान खेलाडीको भन्ने टुङगो लाग्नेछ।

नेपाल नम्बर वान शुक्रबहादुर राईले भुवन नगरकोटेलाई पुरस्कार राशीमा पछि पार्दै आगामी सिजनको नम्बर वान बन्ने दौडमा छन्।

भुवनले हालसम्म ५ लाख १३ हजार ५ सय रुपैयाँ कमाएका छन्। शुक्रले ४ लाख ९४ हजार कमाएका छन्। शुक्रले यो सिजनको सात मध्ये दुई प्रतियोगिता खेलेनन्। तेस्रो स्थानमा रहेका सञ्जय लामाले ३ लाख ५२ हजार ५ सय, चौथो स्थानमा रहेका दिनेश प्रजापतिले ३ लाख ६५ हजार, पाँचौ स्थानमा रहेका जयराम श्रेष्ठले २ लाख ९४ हजार ७५० रपैयाँ कमाएको दिपक आर्चायले बताए।  
गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा यो पटक प्रोफेसनल गल्फरलाई एमेच्योर खेलाडीले कडा टक्कर दिइरहेका छन्। यो पटक व्यवसायिक खेलाडीलाई एमेच्योर खेलाडी १३ औं दक्षिण एशियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र सद्भाव आचार्यले कडा टक्कर दिइरहेका छन्।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको कुल पुरस्कार राशी १५ लाख २० हजार रुपैयाँ राखिएको छ। प्रतियोगिताको विजेताले २ लाख ७० हजार तथा उपविजेताले १ लाख ७० हजार रुपैयाँ पाउनेछन्। तेस्रोले १ लाख २० हजार, चौथो हुनेले १ लाख र पाँचौ हुनेले ८६ हजार रुपैयाँ पाउनेछन्। शीर्ष २१ भित्र पर्ने गल्फरले पनि नगद पुरस्कार पाउनेछन्।

प्रतियोगितामा ४१ व्यवसायिक र ९ जना एमेच्योर खेलाडीले स्पर्धा गर्नेछन्। कुल ७२ होलमा हुने प्रतियोगितामा एक दिन १८ होलको हुनेछ। ३६ होलको स्पर्धापछि शीर्ष २१ व्यवसायिक र ६ एमेच्योर गल्फरले बाँकी ३६ होलको यात्रा तय गर्नेछन्।

यसैबीच प्रो एम सूर्य नेपाल गल्फ च्याम्पियनसिप शनिबारदेखि हुनेछ। जहाँ २५ व्यवसायिक र १ सय एमेच्योर खेलाडीले स्पर्धा गर्ने नेपाल प्रोफेसनल गल्फ एसोसियसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .