खेल


फुटबल : नेपाल र फिलिपिन्स भिड्दै

फुटबल : नेपाल र फिलिपिन्स भिड्दै

फाइल तस्बिर


नेपालखबर
जेठ ३२, २०८० बिहिबार ११:३६, काठमाडौँ

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग खेल्दै छ। 

फिलिपिन्सको मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने खेल अपराह्न पौने ५ बजे सुरु हुनेछ। 

बुधबार फिलिपिन्स पुगेको नेपाली टोलीले त्यही प्रशिक्षण गरिरहेको छ। नेपाल र फिलिपिन्स पछिल्लोपटक २०१७ नोभेम्बर १४ मा एएफसी एसियन कप छनोटको समूह चरणमा गोलरहित बराबरी भएका थिए। 

नेपाल र फिलिपिन्सले अहिलेसम्म ५ खेल खेलेका छन्। मैत्रीपूर्ण खेलपछि नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ। साफ च्याम्पियनसिप भारतको बैंग्लोरमा असार ६ देखि १९ सम्म हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .