फिफा विश्वकप-२०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनबीचको खेल अतिरिक्त समयमा धकेलिएको छ।
निर्धारित समय दुबै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।
अतिरिक्त समयमा पनि गोल हुन नसके खेलको निर्णय टाइब्रेकरबाट लिइनेछ।
अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा निर्धारित समयमा दुबै टोलीले गोलका लागि मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
पहिलो हाफमा अर्जेन्टिनाविरुद्ध स्पेन हावी भएपनि उत्कृष्ट फिनिसिङ दिन नसक्दा अग्रता बनाउन असफल भयो। दोस्रो हाफमा पनि दुबै टोली स्कोर गर्न असफल रहे।
इन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएसँगै साविक विजेता अर्जेन्टिना १० खेलाडीमा समेटिएको छ।
इन्ज्युरी समयको तेस्रो मिनेटमा इन्जोले स्पेनका खेलाडीलाई खराब ट्याकल गरेपछि दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेका थिए।
इन्ज्युरी समयको आठौँ मिनेटमा लामिन यामलको फ्रिकीक प्रहार अर्जेन्टिनी गोलरक्षक मार्टिनेजले पन्च गर्दै जोगाए।
पहिलो पटक ३ देशका १६ शहरमा संयुक्त रुपमा भएको विश्वकपको महाकुम्भमा ४८ देश सहभागी थिए। कुल १ सय ४ खेल रहेको विश्वकपको उपाधि भिडन्त जारी छ।
सन् २०१० को च्याम्पियन स्पेनले १६ वर्षदेखि विश्वकप उचाल्न सकेको छैन।
अर्जेनिटनाले १९७८, १९८६ र २०२२ मा विश्वकपको उपाधि उचालेको थियो।
Shares

प्रतिक्रिया