खेल


एसियन गेम्स : पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

एसियन गेम्स : पुरुष भलिबलमा समूह चरणबाटै बाहिरियो नेपाल

नेपालखबर
असोज ३, २०८० बुधबार १३:३८, काठमाडौँ

चीनको हाङझाउमा जारी एसियन गेम्समा लगातार दोस्रो हार बेहोर्दै नेपाली राष्ट्रिय भलिबल टोली समूह चरणबाटै बाहिरिएको छ। 

चाइना टेक्सटाइल सिटी स्पोर्टस सेन्टर जिम्रेसियममा बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो। 

पहिलो सेट २५–९ ले गुमाएको नेपालले दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–१३ ले पराजित हुँदै बाहिरियो।

यसअघि मंगलबार भएको समूह‘बी’ को पहिलो खेलमा नेपाल बहराईनसँग ३–१ को सेटमा पराजित भएको थियो।

पहिलो सेट २५–२० ले आफ्ना पक्षमा पारेको नेपालले त्यसपछिका लगातार तीन सेट गुमाउँदा हार भोग्न बाध्य भयो। नेपालले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१८ तथा चौथो तथा अन्तिम सेट २५–१५ ले गुमाउँदा नेपालले पहिलो हार बेहोरेको हो।

कठिन समूहमा रहेको नेपालले पाँचौं पटक एसियाडमा सहभागिता जनाएको हो।

नेपालले पहिलोपटक सन् १९७८ मा थाइल्यान्डको बैंककमा भएको ८औँ एसियाडमा सहभागिता जनाएको थियो।

त्यसपछि सन् १९८२ मा भारतको दिल्लीमा भएको नवौँ एसियाडमा सहभागी भएको नेपालले  १९८६ मा दक्षिण कोरियामा भएको १०औँ एसियन गेम्स खेलेको थियो।

त्यसपछि एसियाडमा सहभागी नभएको नेपाली टोली ३२ वर्षपछि इन्डोनेसियाको जकार्तामा सन् २०१८ भएको १८औँ एसियन गेम्समा सहभागी भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .