खेल


एनएसएल : धनगढी र बुटवलले पहिलो हाफमा बराबरी खेले

एनएसएल : धनगढी र बुटवलले पहिलो हाफमा बराबरी खेले

नेपालखबर
मंसिर १४, २०८० बिहिबार १८:२३, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी एफसी र एफसी बुटवल लुम्बिनीले पहिलो हाफमा बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालालमा बिहीबार जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी गरेका हुन्।

खेलको २० औं मिनेटमा कप्तान एरिक विष्टको फ्रिकीक धनगढीका गोलरक्षकले पन्च गर्दै बचाए।

२५ औं मिनेटमा अहमद ह्वाजीको पासमा आशिष चौधरीले पोष्ट नजिकबाट दिएको दिएको क्रसमा अहमदको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा धनगडीले अग्रता बनाउने सुन्दर मौका गुमायो।

२९ औं मिनेटमा सर्ज सगंको क्रसमा पजलेस्पी जंग कार्कीको प्रहार पोष्टको माथिबाट बाहिरियो।

३६ औं मिनेटमा बुटवलका एरिक विष्टको कर्नरमा जिलेस्कीको प्रहार धनगढीका अविशेक गुरुङले हेडर प्रहार गर्दै क्लीयर गरिदिए। त्यसलगत्तै स्टेफन समिरको पासमा अविशेकको प्रहार बुटवलका गोलरक्षकले बचाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .