खेल


पोखरामा मुवाँथाई च्याम्पियनसिप हुने

पोखरामा मुवाँथाई च्याम्पियनसिप हुने

नेपालखबर
मंसिर ३०, २०८० शनिबार १९:५८, काठमाडौँ

आगामी पुस दोस्रो साता पोखरामा मुवाँथाई च्याम्पियनसिप हुने भएको छ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा मुवाँथाई।च्याम्पियनसिप आगामी पुस ९ गते हुनेछ। 

‘क्रिसमस डे’ को अवसर पारेर लेकसाइडमा आयोजना हुने प्रतियोगितामा नेपालका १९ क्लबका ३२ जना व्यवसायिक फाइटरको सहभागी हुने प्रतियोगिता संयोजक खगेन्द्र क्षत्रीले जानकारी दिए।

मार्सलआर्ट अन्तर्गतको मुआथाई व्यवसायीक फाइट हो। यस  प्रतियोगितामा कुल १६ फाइट हुनेछ। 

संयोजक क्षेत्रीले भने, ‘यो व्यवसायिक फाइट हो। यहाँ सबै फाइटर छनोट भएर आएका छन्  थुप्रै क्लबहरुले खेलाडी दर्ता गराएपनि हामीले नेपालमा प्रोफेसन रहेको फाइटरहरुलाई मात्र समेटेका छौं।’

उनले थपे, ‘मुआथाईको प्रचार गर्नु हाम्रो मुख्य उदेश्य हो। अझ यसलाई लेकसाइडमा गर्नु भनेको बाह्य पर्यटकलाई आकर्षित गर्नुपनि हो।’ 

विदेशीहरुले फाइट गेम निकै मन पराउने र लेकसाइडमा गर्दा खेलसँगै पर्यटक प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ। 

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि खाना, बस्न र आवश्यक खेल पोशाकको समेत व्यवस्था आयोजकले नै गर्नेछ। 

प्रतियोगितामा एमेचर, सेमी प्रो (प्रोफेसनल) र प्रो फाइट (प्रोफेसनल फाइट) गरि तीन विधामा खेल हुनेछन्।

वान फाइट सिस्टम अनुसार हुने फाइटमा खेलाडीले एक खेलमात्रै खेल्ने क्षेत्रीले बताए। 

प्रतियोगिताको मुख्य उदेश्य भनेको नेपालमा मुवाँथाईको व्यवसायिक खेलाडी उत्पादन गर्ने समेत लक्ष्य रहेको आयोजकले बताएको छ। 

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको विमा समेत आयोजकले गरेको छ। प्रतियोगितामा नेपाल राष्ट्रिय मुवाँथाई संघले प्राविधिक सहयोग गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .