खेल


केपी ओली कपको उद्घाटन, आयोजकसहित १० टिम सहभागी (तस्बिरहरू)

केपी ओली कपको उद्घाटन, आयोजकसहित १० टिम सहभागी (तस्बिरहरू)

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ११, २०८० शुक्रबार १५:२, काठमाडौँ

दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिता शुक्रबारदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भएको छ।

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको आयोजना हुने यो प्रतियोगिताको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोबाइल फोनबाट गरेकी छन्। 

उद्घाटन समारोहमा भाग लिन एमाले अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्य पनि एन्फा कम्प्लेक्समा पुगेका थिए। 

सार्वजनिक कार्यक्रममा ओली र पूर्वराष्ट्रपति भण्डारी दोस्रो पटक एकसाथ देखिएका हुन्। केपी ओली कप उद्घाटनका लागि सुरुमा ओली दम्पती सातदोबाटो पुगेका थिए।

केपी ओली कपको पहिलो खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा गर्दैछन्। 

केपी ओली क्लब अनन्त तामाङको कप्तानीमा उत्रिँदैछ। चर्च ब्वाइज दीप कार्कीको कप्तानीमा खेल्दैछ।

केपी ओली कपमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी र आयोजकसहित १० टिमले सहभागिता जनाउने छन्।

जावलाखेल युथ क्लब, न्यूरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लबले सहभागिता जनाउँदै छन्।

उक्त प्रतियोगिताका पहिलो चरणका खेल ११ देखि १६ गतेसम्म एन्फा कम्प्लेक्स सातदोबाटो हुनेछन्।

सेमिफाइनल र १९ गते हुने फाइनल प्रतियोगिता दशरथ रङ्गशालामा हुनेछन्। यो प्रतियोगिताको विजेता टोलीले ११ लाख पुरस्कार पाउने छ।

उपविजेताले ५ लाख दिइनेछ। उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०/५० हजार दिइनेछ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .