ad ad

खेल


चर्च ब्वाइजलाई हराउँदै केपी ओली एफसी क्वार्टरफाइनलमा (तस्बिरहरू)

चर्च ब्वाइजलाई हराउँदै केपी ओली एफसी क्वार्टरफाइनलमा (तस्बिरहरू)

केपी ओलीकप फुटबल। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन ११, २०८० शुक्रबार १७:३९, काठमाडौँ

ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबलाई हराउँदै केपी ओली एफसी केपी ओली कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा चर्च ब्वाइजलाई ३–० गोल अन्तरले हराउँदै केपी ओली एफसी अन्तिम आठमा पुगेको हो। हारसँगै चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ। 

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा तिनै गोल दोस्रो हाफमा सम्भव भयो। खेलको ५८ औँ मिनेटमा फोफे फोफानाको गोलमा आयोजक टोलीले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ६८ औँ मिनेटमा फोफे फोडानाको क्रसमा जय गुरुङको गोलमा आयोजक टोलीले अग्रता दोब्बर पार्यो। खेलको ७९ मिनेटमा जय गुरुङको व्यक्तिगत दोस्रो गोलमा आयोजक टोलीले ३–० को अग्रता बनायो। 

केपी ओली एफसीले अब सेमिफाइनलमा स्थान बनाउन जावलाखेल युथ क्लबसँग खेल्नेछ। यो खेल मंगलबार बिहान साढे ११ बजे सुरु हुनेछ। 

प्रतियोगितामा आइतबार न्युरोड टिम र थ्रीस्टार क्लब भिड्नेछन्। सो खेल बिहान साढे ११ बजे सुरु हुनेछ। यो खेलको विजेताले सिधै सेमिफाइनलमा स्थान बनाउनेछ। 

सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब खेल्नेछ। सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। यो खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउन साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ। 

नेपाल युवा संघको आयोजनामा सुरु दोस्रो संस्करणको केपी ओली कप फूटबल प्रतियोगिताको उपाधि विजेताले ११ लाख तथा उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन्। 

प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुनेछ। फाइनल खेल फागुन १९ गते हुनेछ।

सबै तस्बिर : सरोज नेपाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .