गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गरिरहेको अवस्थामा प्रहरीले पोखराबाट दुईजनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पोखरा महानगपालिका-११ सिद्धेश्वर मार्गस्थित विशाल गौतमको तीन तले घरबाट कल बाइपासमा संलग्न दुईजनालाई पक्राउ गरेको हो।
सीआईबीले जिल्ला प्रहरी कार्यालय पोखराको टोलीसँग मिलेर विशाल साह कलवारले भाडामा लिएर १२८ पोर्ट क्षमताको डिभाइसमा सिमकार्ड प्रयोग गरी कल बाइपास गरिरहेको अवस्थामा शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले अवैध भीओआईपीमा प्रयोग गरिएका उपकरणहरू पनि बरामद गरेको छ।
पक्राउ परेकाहरूमा पर्साको मधुवन गाउँपालिका-३ घर भई हाल पोखरा महानगरपालिका -११ बस्ने विशाल साह कलावर रहेछन्।
त्यस्तै रुपन्देहीको लुम्बिनी नगपालिका ४ घर भई पोखरा महानगरपालिका-११ बस्ने २५ वर्षीय इमरान अहमद खान पनि रहेका छन्।
बरामद सामान
भीओआईपी गेट्वे ६४ पोर्टको २ थान
प्रयोग भएको डिभाइस २ थान
एनसेलका प्रयोग नभएको सिम २०९ थान
सिम होल्डर कार्डसहित ३८५ थान
ब्लक भइसकेका सिम २८० थान
सिम होल्डर १३८ थान
Shares

प्रतिक्रिया