आज (आइतबार) काठमाडौँ उपत्यकामा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज दिनभर उपत्यकाको मौसम घाम–बादल, बादल–घाम हुने सम्भावना छ।
‘मध्याह्न वा अपराह्नपछि भने क्षणिक वर्षा पनि हुने सम्भावना छ’, उनले नेपालखबरसँग भने, ‘आइसोलेटेड टाइपको वर्षा हुन्छ अर्थात् काठमाडौँ उपत्यकाकै एक ठाउँमा पानी पर्दा अर्काे ठाउँमा नपर्ने हुन्छ।’
मौसमविद् ढकालका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्रीसम्म पुग्ने आकलन छ।
देशभरको मौसम र वर्षा सम्भावनाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अध्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ।
261
Shares

प्रतिक्रिया