ad ad

खेल


बाहिनीपति कपको ट्रफी नं‍ १९ बगलामुखी विशेष कार्यदल गणलाई

बाहिनीपति कपको ट्रफी नं‍ १९ बगलामुखी विशेष कार्यदल गणलाई

नेपालखबर
चैत १८, २०८० आइतबार २१:४१, काठमाडौँ

सशस्त्र प्रहरीको नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले आयोजना गरेको ‘बाहिनीपति कप, २०८०’को उपाधि नं. १९ बगलामुखी विशेष कार्यदल गण हल्चोकले जितेको छ।

चैत्र १३ गतेदेखि १८ गतेसम्म फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबल टेनिसलगायतका खेल विधाहरु समावेश गरी संचालन भएको प्रतियोगिता सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा नायव महानिरीक्षक थापाले बाहिनीपति कपको ट्रफि नं. १९ बगलामुखी विशेष कार्यदल गण हल्चोकलाई हस्तान्तरण गर्नुकासाथै विजय टिम तथा खेलाडीहरूलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरे।

उनले खेलकुद प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीहरूमा आपसी भातृत्व बन्धुत्व र भाइचाराको विकास, पेशाप्रतिको निष्ठा, पृथक मनोरञ्जनको वातावरण सिर्जना, सकारात्मक सोचको विकास हुनुको साथै निकट भविष्यमा आयोजना हुन गइरहेको ‘आईजीपी कप’ को लागि खेलाडीहरूको छनौटमा समेत सहयोग पुग्ने बताए।

नायव महानिरीक्षक थापाले सकल दर्जाका राष्ट्रसेवकहरूमा सामूहिक भावना, व्यावसायिक क्षमता अभिबृद्धि, संगठन र युनिटप्रतिको वफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध स्रोतसाधनको सदुपयोग तथा व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगितामा बाहिनी मातहतका गण र गुल्महरुका सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो।

खेलकुद क्षेत्रको विकासमा सहयोग पुर्याउने हेतुले संगठनको पेशागत गतिविधी अन्तर्गत बाहिनीपति कपको आयोजना गरिएको सशस्त्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .