ad ad

खेल


स्टेफनको शतकमा नेपाललाई २८५ रनको विशाल लक्ष्य

स्टेफनको शतकमा नेपाललाई २८५ रनको विशाल लक्ष्य

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०८० आइतबार १३:१३, काठमाडौँ

स्टेफन दोहेनीको शतकमा आयरल्याण्ड ‘ए’ ले तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल ‘ए’ सामु २ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८४ रनको योगफल तयार पारेको हो। 

जारी सिरिजमा बनेको यो अहिलेसम्म कै सर्वाधिक विशाल योगफल हो। 

आयरल्याण्डका लागि ओपनर स्टेफनले शतक पूरा गरे। उनले १ सय २६ बलमा ८ चौका र १ छक्का मद्धतमा शतक पूरा गरे।

स्टेफन ४७ ओभरको दोस्रो बलमा रिजन ढकालको बलमा विकेट किपर अर्जुन सावदको हातबाट क्याच आउट भए। 

पिटर मुरले ४४ रन थपे। मोरङ टोपिङले २१ र फियोन ह्यान्डले २० रन बनाए। गाभिन होइ १४ रनमा पेभेलियन फर्के। 

म्याथु २३ रनमा रनआउट भए। वेन ह्वाइट १९ रनमा नटआउट रहे। 

नेपाल ए का लागि रिजन ढकाल र रञ्जित कुमारले समान ३ विकेट लिए। विकास अग्री र साहब आलमले एक एक विकेट आफ्नो नाममा गरे।

यसअघि नै एक दिवसय सिरिज गुमाइसकेको नेपाल आजको खेल प्रतिष्ठाको लागि खेलिरहेको छ। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .