खेल


आईपीएलमा शतक प्रहार गरेपछि यशस्वी जैसवालले यसो भने

आईपीएलमा शतक प्रहार गरेपछि यशस्वी जैसवालले यसो भने

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार ९:३४, काठमाडौँ

आईपीएलमा मुम्बई इन्डियन्सविरुद्ध शतक प्रहार गरेका राजस्थान रोयल्सका खेलाडी यशस्वी जैसवालले आफ्नो लय फर्काएको प्रतिक्रिया दिएका छन्। अहिलेसम्म यशस्वी राम्रो लयमा देखिएका थिएनन्।

खेलपछि यशस्वीले आधारभूत कुरामा ध्यान केन्द्रित गर्ने र कठिन समयमा धेरै सोच्न नसक्दा आफूलाई फर्ममा फर्किन मद्दत गरेको बताए।
जैसवालको शतकको मद्दतले राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ।

बायाँ हाते ब्याट्सम्यान यशस्वी जैसवालले आईपीएलको यो सिजनमा आफ्नो सात इनिङ्समा कुनै पनि उत्कृष्ट प्रदर्शन देखाउन सकेका थिएनन्।

तर हिजो राति मुम्बई इन्डियन्सविरुद्धको खेलमा आफ्नो इनिङ्समा उनले ६० बलमा अविजित रहँदै १०४ रन बनाए।

यशस्वी जैसवालले सन् २०२० मा आईपीएलमा डेब्यु गरेका थिए। उनले हालसम्म ४५ आईपीएल खेलमा दुई शतक प्रहार गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .