साविक उपविजेता एपीएफ क्लबले सातौँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको दाेस्राे खेलमा नेपाल पुलिस क्लवलाई ३-१ काे सेटमा पराजित गर्दै पहिलाे जित निकालेकाे हाे।
एपीएफले पुलिसलाई २५-२१,२२-२५,२५-१७ र २५-१६ ले पाखा लगायाे। जितसँगै अंकतालिका ३ अंक जाेडेकाे छ। आजै भएकाे पहिलाे खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मीलाई ३-१ कै सेटमा हराएकाे हाे।
४ टोली सहभागी प्रतियोगिताको राउण्डरोविनपछि दुई टोलीले शनिबार फाइनल खेल्नेछन्। पुछारका दुई टोलीले तेस्रो र चौथो स्थानका लागि खेल्नेछन्।
प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार तथा उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख २५ हजार र चौथो हुने टोलीले ६२ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन्। विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउनेछन्।
Shares
प्रतिक्रिया