वेस्ट इण्डिजविरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।
रोहितले ११ औँ ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। रोहितले २७ बलमा ६ चौका र २ छक्का मद्दतमा अर्धशतक हानेका हुन्। टोलीका लागि रोहितको यो सातौँ अर्धशतक हो।
वेष्ट इण्डिजले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरको सामाप्तीमा ३ विकेटको क्षतिमा ९६ रन बनाएर खेलिरहेको छ।
ओपनर कुशल भुर्तेल १६ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल १६ रनमा रनआउट भए। अर्का अोपनर अनिल शाह ५ रन बनाउँदा क्याच आउट भए।
153
Shares
प्रतिक्रिया