खेल


वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, जित्नैपर्ने दबाबमा नेपाल

वेस्ट इन्डिजविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, जित्नैपर्ने दबाबमा नेपाल

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १२:७, काठमाडौँ

वेस्ट इन्डिज ‘ए’विरुद्धको पाँच सिरिजको चौथो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेकाे हो। 

सिरिजका अहिलेसम्मका चारै खेलमा नेपाल पहिले फिल्डिङ गर्नेमा परेको छ। बुधबारको खेलबाट टोलीमा ८ परिवर्तन भएको छ। 

यी हुन् नेपालका सुरुवाती ११ खेलाडी 
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी, अविनास बोहोरा, प्रतिश जिसी र सन्दीप जाेरा आजकाे सुरुवाती ११ मा छन्।

अघिल्लो खेलबाट करण केसी, अनिल शाह, सागर ढकाल र कमलसिंह ऐरी बेन्चमा छन्।

यसअघि भएका तीन खेलमध्ये वेस्ट इन्डिज ‘ए’ले दुई खेल जितेको छ भने नेपाल एउटा खेलमा मात्र विजयी भएको छ। यही वैशाख १५ गते भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो। सो खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको २ सय ५ रनको विजयी लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गरेको थियो।

उक्त खेलमा कप्तान रोहित पौडेलले शतकीय पारी खेलेका थिए। उनले १ सय १२ रन बनाउनुका साथै बलिङतर्फ एक विकेटसमेत लिएका थिए।

यसैगरी वैशाख १६ गते भएको दोस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग मात्र १० रनले पराजित भयो। सो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु जितका लागि १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

तर नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो। उक्त खेलमा पनि कप्तान पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले अविजित ७१ रन बनाए।

पहिलो खेलमा जस्तै दोस्रो खेलमा पनि नेपाली ब्याटरले सम्झिनलायक ब्याटिङ गर्न सकेनन्।

फलस्वरूप नेपालले सो खेल झीनो रनअन्तरले गुमाउन पुग्यो। यस्तै बुधबार भएको तेस्रो खेलमा भने नेपाल वेस्ट इन्डिज ‘ए’सँग फराकिलो रन अन्तरले पराजित भयो। वेस्ट इन्डिज ‘ए’ले जितका लागि नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत गरे पनि नेपाली टोली १ सय ५१ रनमै समेटियो।

सो खेलमा त्यसअघिका दुई खेलको भन्दा कमजोर प्रदर्शन गर्‍यो। नेपाली टोलीको अन्य दुई खेलको तुलनामा बलिङ, ब्याटिङ र फिल्डिङमा फितलो प्रदर्शन रह्यो। सो खेलमा वेस्ट इन्डिज ‘ए’का जोनसन चार्ल्सले शकतीय पारी खेले भने आन्द्रे फ्लेचरले अर्धशतक प्रहार गरे।

पाँच खेलको जारी शृंखलामा वेस्ट इन्डिज ‘ए’ आजको खेलमा बिनादबाब मैदानमा उत्रनेछ। नेपाली टोली जित्नैपर्ने दबाबमा हुनेछ। नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको अन्तिम खेल शनिबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .