खेल


क्रिकेट अवार्ड चैत २१ गते, वर्ष क्रिकेट खेलाडीलाई १ लाख ३२ हजार

क्रिकेट अवार्ड चैत २१ गते, वर्ष क्रिकेट खेलाडीलाई १ लाख ३२ हजार

नेपालखबर
फागुन ११, २०७६ आइतबार ९:०,

गत वर्षजस्तै यस वर्ष पनि एनसीसीएस सीप्यान क्रिकेट अवार्ड वितरण गरिने भएको छ। आगामी चैत २१ गते शुक्रबार उक्त अवार्ड वितरण हुने क्रिकेट खेलाडी संघ नेपालले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

संघका अनुसार यो वर्षको अवार्ड वितरणको प्रायोजक तथा टाइटल स्पोन्सर एनसीसीएस ग्रुप र मिडिया पार्टनर हिमालय टिभी रहेको छ। कार्यक्रममा ५ विधामा खेलाडी पुरस्कृत हुनेछन्।

संघका अध्यक्ष डा. मनिषराज पाण्डेका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष र महिलातर्फ जनही दुई जना (२०१९–०२०)लाई १ लाख ३२ हजार नगद प्रदान गरिनेछ। त्यस्तै वर्ष उदीयमान क्रिकेट खेलाडी (२०१९–०२०)ले ६६ हजार, वर्ष उत्कृष्ट क्षण (२०१९–०२०)ले ६६ हजार र लाइफटाइम अचिभमेन्ट अवार्ड (२०१९–०२०)ले ६६ हजार नगद प्राप्त गर्नेछन्।

संघका महासचिव पारस खड्काका अनुसार पुरस्कारका लागि योग्य खेलाडी छनोट गर्न एक प्राविधिक समिति गठन गरिने र तोकिएको मापदण्डका आधारमा समितिले सिफारिस गरेको खेलाडीलाई विभिन्न विधामा पुरस्कार राशि र ट्रफी प्रदान गरिनेछ।

एनसीसीएस सी प्यान मोमेन्ट अफ द इयर (२०१९–०२०)को लागि अनलाइन भोटिङको माध्यमबाट सार्वजनिक मत सर्वेक्षणको आधारमा हुनेछ। 

त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड (२०१९–०२०)को लागि नेपाली क्रिकेटको पुरानो पुस्ताको प्रतिनिधित्व गर्ने एक जना पुरानो क्रिकेट खेलाडीलाई क्रिकेट खेलको क्षेत्रमा पुर्याएको योगदानमा आधारित भई पुरस्कृत गरिनेछ।

सन् २०१९ मार्चदेखि २०२० मार्चसम्मकाे प्रदर्शन हेरेर खेलाडी पुरस्कृत हुने संघले जनाएकाे छ। अघिल्लाे वर्ष क्रिकेट खेलाडी पुरुष र महिला दुवै विधामा पुरस्कार रकम फरक फरक रहेकाेमा यस वर्ष भने समान रकम दिनलागिएकाे हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad