समाज


‘मर्यादित महिनावारी’बारे छलफल गर्न २० देशका विज्ञ नेपाल आउँदै

‘मर्यादित महिनावारी’बारे छलफल गर्न २० देशका विज्ञ नेपाल आउँदै

नेपालखबर
फागुन ११, २०७६ आइतबार ९:२,

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मावअधिकार आयोगले मर्यादित महिनावारी कार्यशाला गोष्ठि गर्ने भएको छ।

जेष्ठ १६ गते दोस्रो राष्ट्रिय महिलाअधिकार दिवसको अवशर पारेर २०७७ जेष्ठ १३, १४ र १५ गते गोष्ठि हुने भएको हो। सहआयोजकमा दक्षिण गोलार्दयीय मर्यादित महिलावारी सञ्जाल रहेको छ।

महिनावारीका सम्बन्धमा भए/गरेका कामहरुलाई परिवर्तन गर्ने उद्देश्यले आयोजना हुने गोष्ठिमा २० देशका अनुसन्धानकर्मी, अभियानकर्मी, सरकारी प्रतिनिधि तथा नीति निर्माताहरु सहभागि हुनेछन्। ‘महिनावारीका कुरा, मर्यादा केन्द्रीय भएमात्रै हुन्छ पुरा’ भन्ने नाराका साथ हुने गोष्ठि संसारकै पहिलो भएको मन्त्रालयले दावी गरेको छ।

कार्यशाला गोष्ठिमा भान्सादेखि संसदसम्म महिनावारी निषेधको अन्त्य यौनिक र प्रजनन् स्वास्थ्य अधिकार, आवाज छानो र एजेन्सी, पहिलो महिनावारीदेखि रोकिनेसम्मको विभेद, युवाहरुको भूमिका, धर्म व्यवहार, खानेपानी, सरसफाइ, नीति र जवाफदेहिता बहिस्करणमा परेका/पारिएकाहरुको अवस्था र अधिकार अनुसन्धान र कार्यान्वयनको विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad